दफा ३
चलचित्र निर्माण, वितरण र प्रदर्शन गर्न इजाजत लिनु पर्ने
(१) नेपाल सरकार वा नेपालसरकारले तोकिदिएको अधिकृतबाट इजाजतपत्र नलिई कसैले देहायको चलचित्र निर्माण गर्न,
वितरण गर्न वा प्रदर्शन गर्नु हुँदैन ः–
(क) कथानक चलचित्र, र
(ख) नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी
तोकिदिएको अन्य किसिमको चलचित्र ।
(२) उपदफा (१) बमोजिम चलचित्र निर्माण, वितरण वा प्रदर्शन गर्न दिनु पर्ने
दरखास्तको ढाँचा, इजाजतपत्रको ढाँचा र इजाजतपत्र प्राप्त व्यक्तिले पालन गर्नुपर्ने शर्त र
तिर्नुपर्ने दस्तुर तोकिए बमोजिम हुनेछ ।
(३) चलचित्र वितरण गर्न दिइने इजाजतपत्रको अवधि तोकिए बमोजिम हुनेछ ।